एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण [विज्ञप्तिसहित]

SHARE:

ललितपुर ३० अगस्ट २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले नवनिर्वाचित कार्यसमिति (आईसीसी)लाई नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ । सर्वोच्च अदालतको परमादेशअनुसार मे ३–४, २०२५ मा भएको एकताको महाधिवेशनबाट महेशकुमार श्रेष्ठ नेतृत्व नयाँ कार्यसमिति चयन भएको थियो ।

ललितपुरको होटेल हिमालयमा शुक्रबार अगस्ट २९ मा भौतिक र भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा उच्चस्तरीय समितिले कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गरेको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि बचत भएको ८३,६२,२२८ (त्रियासी लाख बैसट्ठी हजार दुई सय अठ्ठाईस रुपैयाँ) र अन्य जिन्सी सम्पत्तिहरू नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको छ ।

संस्थाको आर्थिक पारदर्शिता र सुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै यस कार्यका लागि उच्चस्तरीय समितिका संयोजक डा शेष घलेलगायत समितिका सम्पूर्ण सदस्यहरुप्रति अध्यक्ष महेशकुमार श्रेष्ठको टिमले विशेष आभार व्यक्त गरेको छ ।

नयाँ कार्यसमिति गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन, श्रमिक अधिकारको प्रत्याभूति, लगानी प्रवर्द्धन र आपत्कालीन अवस्थामा सहयोग पुर्‍याउने अभियानमा केन्द्रित रहने प्रतिबद्धतासमेत प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!