कविता : बुढो रुख

SHARE:

  • विजय हितान
    यो रुख अब बुढो भैसक्यो
    आफन्तवादको एसिड रेनले यसका पातहरू खुइलिएपछि
    हरिया रहेका केही पातका स्टोमाटा
    भ्रष्टाचारको प्रदूषणले बुजिएपछि
    अब त
    फोटो सिन्थेसिसद्वारा प्रगतिशील ग्लुकोज बन्न ठप्पै भैसक्यो
    यो बुढो रुखले गर्दा
    कतै राष्ट्रियताको इकोसिस्टम नै
    असन्तुलनमा त पर्दै छैन ?
    लौ
    यो जीर्ण प्रतिगामी रुखलाई
    एक युग पर्खेर
    आफैँ ढलोस् भन्नुभन्दा
    आऊ सबै मिलेर ढालौं
    ताकि यसले
    प्रजातन्त्र र समाजवादको ताजा अक्सिजन उत्सर्जन गर्दै
    असमानताको विषाक्त कार्बनडाइअक्साइडलाई अवशोषण गरेर
    जलवायु परिवर्तनजस्तै
    परिवर्तनशील भूराजनीतिको जोखिमबाट
    हाम्रो सार्वभौमसत्तालाई
    सुरक्षित राखिराख्न सकोस्
    यो ठूलो रुख हैन, असल रुख बन्न सकोस्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!