पोखरेली तमुहरुले सामूहिक रुपमा ल्होछार/ल्होसार मनाउने

SHARE:

हुम तमु
पोखरा । पोखरेली तमुहरुले विगतका वर्षहरुमा झै सामूहिक रुपमा तमु ल्होछार/ल्होसार मनाउने भएको छ । बुधबार पोखरामा सम्पन्न तमु संघ संस्थाहरुको बैठकले कुकुर वर्ग(खि ल्हो)को बिदाई र मृग वर्ग(फो ल्हो) आगमनको अवसरमा तमु ल्होछार/ल्होसार सामूहिक रुपमा मनाउने निर्णय गरेको हो ।

पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालमा सामुहिक ल्होछार/ल्होसार समिति संयोजक तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका ४ नं प्रदेश संयोजक दलबहादुर तमुको अध्यक्षतामा सम्पन्न बैठकले तमु जातिको महान चार्ड विगतमा जस्तै एकताको सन्देश दिँदै मनाउने निर्णय गरेको हो । बैठकल उक्त समितिको आर्थिक संयोजकमा तमुधिं नेपालका कोषाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद तमुलाई चयन गरेको छ ।

विगत लामो आन्दोलनबाट राष्ट्रिय चार्ड ल्होछार/ल्होसार वा तमुहरुको वर्षका दिन पुस १५ मा प्राप्त बिदा कटौती फिर्ता गराउन माग गर्दै सामूहिक तमु ल्होछार/ल्होसार समितिले प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाउने भएको छ । विगतमा प्राप्त विदा कटौती गरिनु दुखदायी हो, प्रदेश सरकारसँग पुस १५ मा बिदा, प्रदेशमा गुरुङ र मगर भाषालाई कामकाजको भाषासहितको मागका लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइने संयोजक दलबहादुर तमुले बताए । सामुदायिक अधिकार र एकताका लागि सबै तमु संघ संस्थाहरुलाई सामूहिकतामा जुट्न उनको आग्रह समेत रहेको थियो ।

तमु ल्होछार/ल्होसारलाई एकता, समानता, सद्भाव, सांस्कृतिक पर्वको रुपमा सामूहिकतामा विगतदेखि पोखरेली तमु संघ संस्थाहरुले मनाउँदै आएको र यसवर्ष मात्रै होइन आगामी वर्षहरुमा पनि सामुहिक रुपमा मनाउँदै जाने तमुधिं नेपालकी अध्यक्ष कर्म तमुले बताए । बैठकमा पोखरेली विभिन्न तमु संस्थाहरुका प्रतिनिधिहरुको संस्थागत सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!