अनेसास बेलायत च्याप्टरले देवकोटा जयन्ती तथा दशैँ तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने

SHARE:

बेलायत ५ अक्टुबर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत (अनेसास) च्याप्टरले ११७ औं लक्ष्मीप्रसाद देबकोटा जयन्ती तथा दसैं तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम आगामी आइतबार १९ अक्टुबर २०२५ को दिन बेलायतको उलविचस्थित गुल्मी वार एण्ड रेस्टुरेन्टमा आयोजना गर्ने भएको छ । देवकोटा जयन्ती मनाउने तथा दशैँ तिहार शुभकामना कार्यक्रम आयोजना गर्न अनेसास बेलायतकी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार माया गुरुङले संयोजकको जिम्मेवारी पाएकी छिन् ।

कार्ययक्रम उक्त दिनको १२ बजेदेखि सुरु हुने जानकारी संयोजक गुरुङले दिएकी छिन् भने अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठले उक्त कार्यक्रममा बेलायतवासी सम्पूर्ण साहित्य अनुरागीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!