
काठमाडौं १० अक्टुबर २०२५ । अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई राहत वितरण गरिएको छ ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखा र रेड हर्स फुटबल क्लबको सहकार्यमा बिहीबारअसोज २३ गते बालन र घोषमा राहत वितरण गरेको हो । राहत सामग्रीमा १०० थान त्रिपाल, २०० थान ब्ल्यान्केट तथा १०० थान म्याट रहेका छन् । राहत पाएपछि प्रभावित परिवारहरूले केही सहजता महसुस भएको प्रतिक्रिया दिएका छन् । राहत वितरण कार्यक्रमको समन्वय संघको तर्फबाट कनिष्ठ अधिकृत निरोज महर्जनले गर्नुभएको थियो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटीको मंगलबारे, सिधिथुम्का, शान्तिडाडा, माइपोखरी एकतप्पा, दानाबारी उपशाखामार्फत थप राहत वितरणका लागि सामगी हस्तान्तरण गरिएको छ ।
गत असोज १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरोले ३९ जनाको ज्यान गएको थियो ।






