८६ वर्षीय गोवर्धन निरौला सुनगाभा प्रालिद्वारा आयोजित कविता प्रतियोगितामा बिजयी, ५० हजार पुरस्कार प्राप्त

SHARE:

बेलायत। सनिवार १८ अक्टुवर २०२५ का दिन सुनगाभा प्रालि युकेद्वारा आयोजित “आगो, आशु र आस” शिर्षकको कविता प्रतियोगितामा ८६ वर्षीय गोवर्धन निरौला बिजयी बनेका छन्। उक्त प्रतियोगिताको पुरस्कार उनले नेपाली रुपिया ५० हजारलगायत प्रमाणपत्र प्राप्त गरेका छन्। निरौलाले शार्दूलविक्रीड छन्दमा कविता वाचन गरेका थिए।

त्यस्तै रविना कंडेल दोस्रो स्थानमा, सुन्दर सिरिस तेस्रो स्थानमा र प्रतिक घिमिरे शान्तवना पुरस्कारद्वारा पुरस्कृत हुदै क्रमश: नेपाली रुपिया ३० हजार, २० हजार र १० हजारलगायत प्रमाणपत्रले पुरस्कृत भएका छन्।

कविता प्रतियोगिता बेलायतको फिलित शहरमा आयोजना भएको हो। प्रतियोगितामा नेपाल, बेलायतलगायत विश्वभरका नेपाली कविहरूको सहभागिता रहेको छ।

उक्त प्रतियोगितामा जमुना भट्टराई, बिशाल दस्तकर, सिन्धु पौडेल, आनन्द श्रेष्ठ, अनाम उपेक्षित, लक्ष्मी वस्नेत, रविना कंडेल, सोनाम सज्जन किराती, प्रतिक घिमिरे, गोवर्धन निरौला, कुमार इस्वो, राजु वारकोट, लिलाराज काङमाङ र सुन्दर सिरिषले जुममार्फत आ-आफ्ना कविता वाचन गरेका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकारहरु रक्ष राई, सुस्मिता नेपाल र केदार संकेत थिए। निर्णायक मण्डलका सदस्यहरु रक्ष राइ र सुस्मिता नेपाल जुममार्फत र केदार संकेत प्रत्यक्ष उपस्थित थिए।

निर्णायक मण्डलले सुनगाभाको युट्युब च्यानलमा दर्शकले मुल्यांकन गरिएको ४० प्रतिशत अंक र निर्णायक मण्डलले मुल्यांकन गरिएको ६० प्रतिशत अंक समायोजन गरेर नतिजा घोषणा गरेको हो ।

प्रतियोगितामा भाग नलिने तर आ-आफ्ना कविता वाचन गर्ने कविहरु नेपालवाट टिका चाम्लिङ र बेलायतवाट दयाकृष्ण राइ, नरेश काङमाङ, चिम्खोले काईला, लिला सेलिङ मावो, लाल गुरुङ, होम सुनुवार, विश्वजित राइ (भूमिपुत्र) प्रत दर्जी र दिनेश सुब्बाले सशरीर उपस्थित भएर आफ्ना कविता वाचन गरेका छन् ।

सुनगाभा प्रालिका सचिब प्रत दर्जीले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ संगीतकार दिनेश सुब्बा थिए भने साहित्यकारहरु डा. मुलिबीर राइ र नरेश काङमाङले संचालन गरेका थिए। आयोजक मण्डलमा सुनगाभा प्रालिका सिइओ रमेश राई, सिएफओ संभु गौचन, साँस्कृतिक विभाग निर्दैशकद्धय गौरभ कान्दाङवा र लोकनाथ अधिकारी रहेका थिए।

वेलायतका निमित्त नेपाली राजदुत महामहिम चन्द्रकुमार घिमिरेज्यूको प्रमुख आतिथ्यमा हुने भनिए पनि विशेष कारणवस उहाँ उपस्थित हुन नसकेपछि विजेताहरूलाई दिइने प्रमाणपत्रमा निमित्त हस्ताक्षरको अनुमति प्रदान गर्दै कार्यक्रमालाई शुभकामना सन्देश पठाउनुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!