नेपाली समाज विल्टशायरले गर्‍यो नेपाली चिकित्सकहरुलाई सम्मान

SHARE:

  • जय तामाङ

सुइन्डन, युके २० अक्टुबर २०२५ । नेपाली समाज विल्टशायरले सुइन्डनस्थित ग्रेट वेस्ट्रन हस्पिटल र जीपीमा कार्यरत नेपाली चिकित्सक (डक्टर)हरुलाई सम्मान गरेको छ ।

यही १९ अक्टुबर आइतबार सुइन्डनस्थित रनर पबको हलमा नेपाली समाज विल्टशायरको आयोजना तथा नेपाली समाज विल्टशायरका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा चिकित्सकहरुलाई सम्मान गरेको हो । चिकित्सकहरु बाला गुरुङ, ईश्वर पुन, दिपेन लिम्बु, सिर्जना जीसी , रमेश गौतम, विशाल गुरुङ, जीवन गुरुङ, शुभेच्छा गुरुङ, सौरभ जीसी, अन्जली थापा, बिराट तिमिल्सिना, आतिष गुरुङ, प्रथा गुरुङ, सीमा गुरुङ, रेश्मा लिम्बु, छिरिङ्ग तामाङ, सतिश सापकोटालाई समाजका पदाधिकारीहरुले खादा लगाई सम्मान गरेका थिए । डाक्टर प्रितम पाण्डे, युभान, आयुष भने उपस्थित भएनन् ।

कार्यक्रम संयोजक ज्ञानप्रसाद गुरुङले नेपाली समाजभित्र कतिपय मानिसहरुलाई हस्पिटल र जीपीतिर स्वास्थ्य जाँच गर्न जाने बेलामा भाषाको समस्या हुने र कति नियम थाहा नहुने हुँदा सम्पूर्ण नेपाली डाक्टरहरुले सहयोग गरीदिन अनुरोध गरेका थिए ।

मन्तब्य दिने क्रममा डाक्टर बाला गुरुङले आफूहरुले जाँच गर्दा सबै बिरामीहरुलाई राम्रो होस् भन्ने हेतुले सेवा गरिरहेको उल्लेख गर्दै भविष्यमा समाजले केही सोध्न चाहन्छ भने कुनै बेला आयोजना हुने बैठकमा उपस्थित भएर उत्तर दिने प्रतिबद्धता जनाए ।

यमुना आलेले संचालन गरेको सम्मान कार्यक्रममा नेपाली समाज विल्टशायरका अध्यक्ष रञ्जन मल्लले स्वागत मन्तव्य दिएका थिए । रनर पबका संचालक तथा नेपाली समाज विल्टशायरका सचिव बिष्णु गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा ब्रिफिङ गरेका थिए । नेपाली समाजले फुड कोर्डिनेटरमा रुपा गुरुङ, मीना थापा र स्वेतालाइ चयन गरेको जनाएको छ ।

सांस्कृतिक कार्यक्रम नेपाली समाज विल्टशायरकी सचिव बबिता कुँवरले संचालन गरेकी थिइन् ।

कार्यक्रममा खाना होप थापाले प्रायोजन गरेका थिए भने पियपदार्थ र हलको प्रायोजन रनर पबका संचालक विष्णु गुरुङले गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!