अनेसास यूकेद्वारा ११७ औं देवकोटा जयन्ति तथा दीपावली कार्यक्रम भव्य रूपमा सम्पन्न

SHARE:

राज श्रेष्ठ – लण्डन।

आइतवार १९ अक्टोबर २०२५ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य संस्था (अनेसास) यूकेले आइतबार लण्डनको वूलविचस्थित गुल्मी रेस्टुरेन्टमा ११७औं देवकोटा जयन्ति तथा दीपावली शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन अध्यक्ष श्रेष्ठ र प्रमुख अतिथि सूर्य खड्का ‘बिखर्ची’ (गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति) द्वारा पानसमा बत्ती बालेर तथा राष्ट्रिय गानबाट गरिएको थियो। कार्यक्रममा नेपाल र यूकेबाट करिब चार दर्जनभन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमकी संयोजक तथा अनेसास यूकेकी उपाध्यक्ष माया गुरुङले उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य दिँदै देवकोटा जयन्तिको सन्दर्भमा नेपाली साहित्यलाई जीवन्त राख्न प्रवासमा समेत यस्ता कार्यक्रमहरू निरन्तर गरिनु आवश्यक रहेको बताइन्।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२५ का विजेता डा. श्रीधर खनाललाई £५०१ राशी सहितको पुरस्कार प्रदान गरियो। उक्त पुरस्कार डा. खनालको उपन्यास “सवर्णि” लाई प्रदान गरिएको हो। यसअघि ९ अगस्ट २०२५ मा आयोजना गरिएको भानु जयन्ति कार्यक्रममा प्रदान गरिने भनिएको पुरस्कार, उहाँको अनुपस्थितिका कारण यस कार्यक्रममा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

सो अवसरमा प्रमुख अतिथि सूर्य खड्का ‘बिखर्ची’लाई नेपाली साहित्यमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै “अनेसास विशिष्ट सम्मान” प्रदान गरिएको थियो। प्रमुख अतिथी सूर्य खड़का बिखर्चीज्यूले आफ्नो मन्तब्यमा प्रवासमा पनि नेपालीहरूको आफ्नो भाषा संस्कृति र साहित्य प्रतिको लगाव अनुभूति गर्न पाउदा अत्यन्त प्रभावित भएको जनाउनु भयो साथै संस्थाले गरेको सम्मान प्रति आभार प्रकट साहित्यमा जिम्वेवारी थप महसूस जनाउनु भयो। त्यसै गरि बिशेष अतिथि डा श्रीधर खनालज्यूले पनि पुरस्कारले वहाँमा साहित्य लेखनमा थप उर्जा मिलेको बताउनु भयो त्यस्तै, अनेसास यूकेका सल्लाहकारहरू डा. रुपक श्रेष्ठ र सुमल कुमार गुरुङलाई १५ वर्षभन्दा बढी समयदेखि संस्थामा रही पुर्‍याएको योगदानको कदर गर्दै “अनेसास दीर्घ सेवा विशिष्ट सम्मान” बाट सम्मानित गरिएको थियो। कार्यक्रममा अनेसास जापानकी सल्लाहकार तथा ट्रष्टी गृष्मा पौड्याललाई विशेष अतिथिको रूपमा स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन महासचिव मञ्जु भण्डारी र मिडिया व्यवस्थापक कुमार केसीले संयुक्त रूपमा गर्नुभएको थियो। प्रमुख अतिथि- सूर्य खडका बिशेष अतिथि- डा श्रीधर खनाल लगायत उपस्थित साहित्यकार ,गृष्मा पौड्याल ,डा. रुपकश्रेष्ठ ,सुमल कुमार गुरुङ ,माया गुरुङ,मञ्जु भण्डारी ,प्रतिमा केसी ,सारा देवी गुरुङ , कुमार केसी ,विजय बहादुर गुरुङ ,जीत बुढाथोकी ,गंगा भण्डारी, रघु भण्डारी,डा. संगिता स्वेच्छा ,विशन थापा , विष्णु थापा , प्रेम खड़का, संतोष खनाल, सरिता भट्टराई, मधुसूदन खनाल, संझना रायमाझी, दशुराम पाण्डे ज्ञानु पाण्डे आदि द्वारा कविता, निबन्ध, गीत र समसामयिक विचारहरू प्रस्तुत गरिएका यस कार्यक्रमले प्रवासमा नेपाली साहित्यिक चेतनाको सशक्त उपस्थितिलाई पुष्टि गरेको छ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष राज श्रेष्ठले समापन मन्तव्य दिँदै कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वहरूलाई आभार व्यक्त गर्नुका साथै अनेसास यूकेको आगामी कार्यक्रमहरूमा पनि साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!