बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी युकेद्वारा विन्टर पार्टी आयोजना

SHARE:

सुधा गुरुङ
बेजिङ्गस्टोक । बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बिएनसी)ले गत २७ अक्टोबरमा विन्टर पार्टी (दसैं तिहार सेलिब्रेसन) भव्यताका साथ मनायो । करिब चार सय जना बिएनसीका सदस्यहरु सहभागी रहेको कार्यक्रमका मुख्य अतिथि बेजिङ्गस्टोक डिन बरो काउन्सिलका मेयर काउन्सिलर सिन केटिङ्ग थिए । त्यस्तै, अन्य अतिथिहरुमा बेजिङ्गस्टोक एमपी मारिया मिलर, पुलिस चीफ ईन्स्पेक्टर, बेजिङ्गस्टोक मल्टीकल्चरल फोरम (बिएमएफ) का अध्यक्षलगायत बिएमएफअन्तर्गतका विभिन्न पदाधिकारीहरु थिए ।

ठिक छ बजे मुख्य अतिथिको आगमनसँगै बिएनसीका उपाध्यक्ष एवं कार्यक्रमका मुख्य कोअर्डिनेटर बसन्त घोतानेको स्वागत भाषणबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो । त्यस्तै, धन्यवाद ज्ञापन बिएनसी अध्यक्ष ओम गुरुङले गरेका थिए । कार्यक्रम सञ्चालनको जिम्मा कुशल प्रस्तोता संतोषी गुरुङले लिएकी थिइन् । कार्यक्रममा यसवर्ष ग्रेजुएशन गर्न सफल बिएनसी सदस्यहरुका छोराछोरीलाई सम्मान पनि गरिएको थियो । सदाझैं कार्यक्रममा विभिन्न जातीय संस्कृति झल्काउने रमाइलो नृत्यहरु बिएनसीकै सदस्यहरुले प्रस्तुत गरेका थिए । साथै बिएनसी युथले बिभिन्न मनमोहक नाचगान पनि प्रस्तुत् गरे । स्थानीय कलाकारहरुको प्रस्तुतिका साथसाथै नेपालबाट आएका तीनजना अतिथि गायक, गायिकाहरु मीना लामा, बालकृष्ण बराल र अमृता लिम्बुले मीठामीठा गीतहरु गाएर दर्शकहरुलाई झुमाउन सफल भए ।

कार्यक्रमको मध्यमा बिएनसी अध्यक्ष ओम गुरुङले बिएनसी हाउजिङ्ग प्रोजेक्टबारे पावर प्वाईन्टमा प्रेजेन्टेशन गरेका थिए । बेजिङ्गस्टोकमा नेपालीहरुको बाक्लै बस्ती रहेको र सबैलाई आफ्नै समाजघरको आवश्यकता टड्कारो रुपमा महसुस भएकोले सो बारे अध्यक्ष गुरुङले बिस्तृत रुपमा हाउजिङ्ग प्रोजेक्टबारे प्रकाश पारेका थिए । त्यसलगत्तै राफल ड्र पनि गरिएको थियो । राफल ड्रको जिम्मा बिएनसीका सकृय सदस्य दुर्गा गुरुङले लिएका थिए । त्यसपछि डिजे संतोषको ननस्ट्प गीत, संगीतमा सबैले झुमेर रमाइलो गरे । खानाको जिम्मा ड्रागन प्यालेस रेस्टुरेन्ट बेजिङ्गस्टोकले लिएका थिए भने पेय पदार्थको अभिभारा कुमार गुरुङले लिएका थिए ।

सन् २००६ सालमा थोरै सदस्यहरु मिलेर स्थापना गरिएको बिएनसीका संस्थापक अध्यक्ष क्याप्टेन (अवकाश प्राप्त) भक्तबहादुर लिम्बू हुन् । बेजिङ्गस्टोकमा बसोबास गर्ने नेपालीहरुले केवल पाँच पाउन्डमा बिएनसीको सदस्यता लिन पाउने प्रावधान छ । यसरी सदस्यता लिएका नेपालीहरुको संख्या चार सय भन्दा माथी छ भने सदस्यता नलिएका नेपालीहरुको संख्या पनि बाक्लै छ । बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी बेलायतमा एक नमुना बस्तीको रुपमा प्रख्यात छ । जहां विभिन्न जातजातीका नेपालीहरु मिलेर बसेका छन् । साथै बिएनसीले नेपालमा विभिन्न च्यारिटीहरु पनि गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!