बेलायतबाट सिक्किम फर्किइन् अभिनेत्री तथा निर्माता श्यामा श्री शेर्पा

SHARE:

लन्डन । चलचित्र अभिनेत्री तथा निर्माता श्यामा श्री शेर्पा बेलायतबाट सिक्किम फर्किएकी छन् ।

बेलायतमा तारा चलचित्र प्रदर्शनलगायत विभिन्न कार्यक्रममा सहभागी भएर शेर्पा सोमबार लन्डनस्थित हिथ्रो एयरपोर्ट हुँदै सिक्किम प्रस्थान गरेकी थिइन् । नायिका शेर्पालाई काउन्सिलर धनबहादुर सार्कीले शुभयात्रा र आगामी यात्राको सफलताको कामना गरेका छन् । बेलायतले उनको उज्यालो व्यक्तित्व र सुन्दर उपस्थितिलाई सम्झिरहने काउन्सिलर सार्कीले भने, ‘तपाईं जहाँ पुग्नुहुन्छ, त्यहीँ चम्किरहनुहोस् ।’

शेर्पाद्वारा अभिनित तथा उत्पादित सिक्किमेली नेपाली चलचित्र ‘तारा (द लस्ट स्टार)’ अक्टोबर १८, २०२६ मा बेलायतमा प्रदर्शन गरिएको थियो । उक्त विशेष प्रदर्शनी र आदिवासी चलचित्र महोत्सवमा भाग लिन उनी सिक्किमबाट बेलायत आएका हुन् ।

उनले नेफिन यूके लगायतको आयोजनामा भएको ‘दोस्रो आदिवासी चलचित्र महोत्सव’मा उत्कृष्ट डेब्यु अभिनेत्री अवार्ड प्राप्त गरेकी थिइन् । बेलायत रहँदा नेपाली दूतावास लन्डनमा पुगेकी थिइन् । आफूलाई सम्मान गरेकोमा नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, सबै खालका सहयोगका लागि काउन्सिलर धनबहादुर सार्कीलाई धन्यवाद व्यक्त गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!