मिलन तमु
अल्डरसट । मर्दिखोला समाज युकेले देउसी भैलो कार्यक्रमको आयोजना ग¥यो । दिपावलीको अवसरमा गत ४ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको कार्यक्रमलाई मर्दिखोला समाज युकेका अध्यक्ष धर्म गुरुङ र मर्दिखोला समाज युके आमा समूहकी अध्यक्ष जगना गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी शुभारम्भ गरेका थिए ।
कार्यक्रममा गायिका रुबी गौली र आँचल लामाले विभिन्न गीत प्रस्तुत गरेका थिए भने सहभागीहरुले नृत्य गर्दै देउसी भैलो खेलेका थिए । परम्परा अनुसार समाजका चेलीहरुले कोशेली ल्याएका थिए भने देउसी भैलो खेल्न आए वापत सहभागीहरुले समाजलाई दक्षिणा (नगद) समेत दिएका थिए । सोही क्रममा दक्षिणा दाताहरुलाई समाजका पदाधिकारीहरुले माला लगाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा मञ्जु गुरुङ राई, गायिका गौली र लामालाई समेत स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै, आमा समूहकी निवर्तमान अध्यक्ष माया गुरुङको जन्मदिन समेत परेको हुँदा केक काटी सहभागीहरुले उनलाई शुभकामना दिए ।
एकअर्कामा शुभकामना आदानप्रदान समेत गरिएको सो कार्यक्रमलाई समाजका अध्यक्ष धर्म गुरुङले अध्यक्षता गरेका थिए । त्यस्तै, आमा समूहकी निवर्तमान अध्यक्ष माया गुरुङले स्वागत मन्तब्य दिएकी थिइन् भने महासचिव सुन्दर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।






