तनावबाट बच्ने उपाय

SHARE:

नगेन्द्रराज नेम्वाङ

हाम्रो जीवनमा हामीले झेलिरहनु पर्ने तनावका क्षणहरु, परिवारको तनाव, पढाईको तनाव, व्यापारको तनाव र कामको तनाव लगायतका तनावले मानसिक पीडा दिन्छ । तनावबाट मुक्त हुन पनि सकिँदैन । तर, तनावलाई कम गर्न सकिन्छ । तनावलाई कम गर्ने केही उपायहरु छन ।

कालो चिया पिउनाले तनाव घट्छ :
कालो चिया पिएर पनि केही हदसम्म तनावमुक्त रहन सकिने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । ६ हप्ता लगातार दिनको ४ कप चिया (चिनी बिना) खानेहरुको स्ट्रेस हार्मोन २० प्रतिशतले घट्ने कुरा युनिभर्सिटी कलेज लण्डनको एक अध्ययनले पुष्टि गरेको छ ।

लेख्नु तनाव भगाउनु :
दैनिक २० मिनेट डायरी लेख्ने गर्दा क्यान्सरका रोगीहरुको रोग प्रतिरोधात्मक क्षमतामा समेत सुधार भएको पाईयो । हावर्ड विश्व विद्यालयले गरेको एक अनुसन्धानले यो पुष्टि गरेको हो । दैनिक लेखन कार्यमा व्यस्त रहनाले तनावमा कमि आई रोग प्रतिरोधात्मक क्षमतामा सुधार आउने कुरा उक्त विश्व विद्यालयले जनाएको छ ।

माटो खेलाएर तनाव घट्छ :
स्वस्थ रहन फुलवारीमा काम गर्ने, गमलामा फुल रोप्ने र माटोलाई गोडमेल गर्ने । खेतीपाती गर्ने किसानहरु अरुको तुलनामा कम मात्र बिरामी पर्ने हामीले देख्दै सुन्दै आएका छौं । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार फुलबारी गोडमेल गरी माटो चलाउँदा यसले तनान विरुद्ध लड्ने क्षमता बढाउछ र यसले मुडलाई फ्रेस राख्ने गर्दछ ।

तनाव फाल्न ओमेगा–३ :
माछाको तेलमा पाईने ओमेगा ३ ले मुटुको रोग र मस्तिष्कघाट हुनबाट जोगाउने र स्मरण शक्ति वृद्धि गर्ने बाहेक यसले तनावमा समेत फाईदा गर्दछ । अन्वेक्षकहरुका अनुसार दैनिक ७.२ ग्राम ओमेगा ३ तीन हप्तासम्म सेवन गर्नाले तनाव खप्न सक्ने क्षमताको वृद्धि हुने बताएका छन् ।

योग व्यायाम :
एक घण्टाको योग कक्षाले पनि चिन्ता तनाव आदि घट्ने कुरा अमेरिकास्थित थोमस जेफर विश्व विद्यालयका अनुसन्धान कर्ताहरुले पत्ता लगाएका छन् । उनीहरुले योग गर्न अघि र पछि रक्त जाँच गर्दा के पाईयो भने योग गर्नासाथ तनाव बढाउने हार्मोन कार्टिजोल घट्छ र मन शान्त एवं स्थिर रहन्छ ।

अन्य उपाय :
तनावको बेलामा चिसो पानीले नुहाउनले एन्डोरफिन्ज्स हार्मोन सक्रिय भई फ्रेस गराउँछ । तनावको बेला ५–१० मिनेट शशंकासनमा आराम गर्दा फाईदा मिल्छ । बेला बखत कामबाट छुट्टि लिने र घुमघाम गर्नुपर्दछ । दैनिक काम बाहेक अन्य सृजनात्मक क्रियाकलाप गर्नु
लाभदायक हुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!