मगर संघ युके केन्ट शाखामा नयाँ नेतृत्व

SHARE:

बिजय हितान
फोक्स्टोन । मगर समाज युके केन्ट शाखाको सातौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

हर्बी ग्रामर स्कुलको सभाहल, फक्स्टोनमा आइतबार ४ नोभेम्बरका दिन सम्पन्न अधिवेशनबाट क्या.रामबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्ष क्या नानीबाबु मगर, सचिव कमारे बुढा, कोषाध्यक्ष रिम काउचा र सहकोषाध्यक्षमा जय पुन चयन भए ।

यसैगरी, सम्पत्ति रेखदेख सचिव याम थापा, खानपिन संयोजन सचिव दलवीर गाहा र खानपिन संयोजन सहसचिव शशीराम पुन, सञ्चार सचिव मानबहादुर थापा, सांस्कृतिक सचिव ओमकुमारी पुन, सहसांस्कृतिक सचिव विश्वजीत थापा निर्वाचित भएका छन् ।

सदस्यहरुमा भिम राकश, दिल्लीराज थापा, आन पुर्जा, कर्ण राना, कुल राना, पृथ्वी थापा, ईन्द्रजीत सारु, दिपक बुढा, टोप थापा, पूर्ण थापा श्रीस, चन्द्रा पुन, अस्मिता थापा, जयकला पुन, बिनाम राना, दुर्गा आले, तोया श्रिस, पदम बालम्पाकी छन् ।
कार्यक्रमको पहिलो चरणमा निवर्तमान अध्यक्ष बिजय हितानमगर र महासचिव ईश्वर आलेले विगत दुई वर्षमा संस्थाले गरेको कार्य विवरण प्रस्तुत गरेका थिए । कोषाध्यक्ष रामु थापाले आर्थिक विवरण र अन्य विभाग सम्हालेका सदस्यहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै महिला उपसमितिकी अध्यक्ष शारदा पुनबाट महिलाको प्रतिवेदन प्रस्तुत भएको थियो ।

नयाँ कार्यसमिति छनौटका लागि दिपक काउचा, सीता पुन, होम रोका र रुद्र थापा सम्मिलित निर्वाचन मण्डलका गठन गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा उपस्थित जनसमुदायबाट निवर्तमान कार्यसमितिलाई बिदाइ धन्यवाद र नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । अधिवेशनको पर्यवेक्षक मगर संघ युकेका महासचिव लाल पुन, घन थापा, रमेश सारङ्कोटी र नरेश खपाङी रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!