लन्डन १९ नोभेम्बर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय बाल समितिको आयोजनामा यही २२ नोभेम्बरमा बाल साहित्य रचना वाचन कार्यक्रम हुने भएको छ ।
उक्त बाल साहित्य रचना वाचन कार्यक्रममा नेपाल र भारत वाहेकका मुलुकमा वसोवास गर्ने वालवालिकाहरुले भाग लिने अनेसास केन्द्रीय बाल समितिका संयोजक सुरेन उप्रेतीले जानकारी दिएका छन्।
शनिबार बिहान ९ बजे जुममार्फत बाल साहित्य रचना वाचन कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि संयोजन सहयोग नेपाली भाषा विद्यालय शब्दमाला, पाठशाला अस्ट्रेलिया, सम्झना पाठशाला नेपाली, नानीबाबु नेपाली पाठशालालगायत छन् ।






