सरला श्रेष्ठसँग वाङ्मय विमर्श

SHARE:

लन्डन ४ डिसेम्बर २०२५ । वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रमको तेश्रो शृङ्खला नोभेम्बर महिनाको २९ तारिखमा शनिबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक साहित्यकार होमनाथ सुवेदीसँग प्रथम शृङ्खला र साहित्यकार अनेसास पूर्वअध्यक्ष बसन्त श्रेष्ठसँग दोश्रो शृङ्खला सम्पन्न भएको थियो ।

तेश्रो शृङ्खलामा अनेसास केन्द्रकी प्रथम महिला अध्यक्ष सरला क्रिस्ट श्रेष्ठसँग सुरेन उप्रेतीको वाङ्मय विमर्श भयो । रामेछाप जिल्लामा जन्मिएकी श्रेष्ठले बाल्यकालदेखि नै कविता लेख्न सुरु गरेकी थिइन् ।

काठमाडौंमा विद्यालयस्तरमा पढ्दादेखि नै नेपालका मूर्धन्य साहित्यकारहरूसँगको सामिप्यले गर्दा अझ उर्जा मिल्यो । साहित्यकार कृष्णप्रसाद पराजुलीको प्रेरणाले गर्दा विसं २०४४ सालमा नै कवितासङ्ग्रह प्रकाशन गरेका थिए । २०४५/०४६मा उनका दुईवटा नेपाली र दुईवटा नेवारीभाषी गीतहरू रेकर्डिङ भए । साहित्यकार पारिजात, कृष्णप्रसाद पराजुली, युगकवि सिद्धिचरण श्रेष्ठजस्ता साहित्यकारहरूको समीपमा रहेर थुप्रै कविता र गीतहरू सिर्जना गरिन् ।

नेपालमा भएका हरेक प्राकृतिक प्रकोप घटना र परिघटनाले उनलाई बिथोल्ने गर्दछ । त्यसबेला उनका चयन हराउँछ । निन्द्रा र भोक हराउँछ । त्यो पीडा र छटपटीलाई गीत लेखेर पोख्छिन् । तबमात्र मनले अलिकति राहत पाएको महसुस हुन्छ । सरला श्रेष्ठका पाँचदर्जन गीतहरू रेकर्ड भैसकेका छन् । ती गीतहरूलाई आफ्नै यूटुव च्यानल एसएस क्रिएशनमा राखेकी छन् ।

नेपालका ख्याति प्राप्त गायकहरूका स्वरमा कालजयी गीतहरू रचना गरेका छन् । उनका गीतहरूलाई मदनकृष्ण श्रेष्ठ, अन्जु पन्त, शिव परियार, आनन्द कार्की, दिपा नारायण झा, करण परियार, कृति न्यौपाने,सदीक्षा कट्टेल, एलिना चौहान, राज सिग्देल, मिलन नेवार, बैना श्रेष्ठजस्ता हस्तीहरूले स्वर भरेकी छन् ।

नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाउन सकेमात्र आफ्नो पहिचान जोगिने कुरामा विश्वास गर्नु हुने श्रेष्ठ, सबैले घरमा नेपाली भाषा बोल्ने हो भने अवष्य पनि हाम्रो पहिचान जोगिनेछ भन्छन् । उहाँका माटोको महिमा, कोपिलाको पुकार, गुनासो , म हारेको छैन यो जिन्दगी, दुखेँ धेरै , अधिकार बाँडी देउ, दिल त दामी हजुरको, थाहा छैन , जस्ता कर्ण प्रिय गीतहरू छन् ।

भर्खरै नेपालमा भएको जेन-जी पुस्ताको आन्दोलन र कलिला नानीबाबुहरूको हत्यामा स्तब्ध बनेकी श्रेष्ठले सुनौलो बिहान भन्ने जेनजीपुस्तालाई जोडेर मिठो गीत लेखेकी छन् । अब अन्याय अत्याचारहरूको अन्त्य हुनेछ । सबैका ‌ओठमा मुस्कान भरिनेछ । देश विकाश र उन्नति तर्फ उन्मुख हुनेछन् भन्ने परिवर्तनको आशा र भरोशाको गीत आनन्द कार्की र सदिक्षा कट्टेलको स्वरमा छ ।

कार्यक्रमलाई साहित्य संवादको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!