यूके निवासी साहित्यकार मायादेवी गुरुङलाई ‘साहित्य सम्मान-२०८२’

SHARE:

लन्डन १ जनवरी २०२६ । यूके निवासी साहित्यकार मायादेवी गुरुङलाई ‘साहित्य सम्मान-२०८२’ प्रदान गरिएको छ ।

तमु धिं नेपालले ‘त’ (घोडा) वर्गको अवसरमा पोखरामा आयोजित ल्होछार महोत्सवको अन्तिम दिन बुधबार ३१ डिसेम्बर २०२५ मा गुरुङलाई उक्त सम्मान दिइएको हो । तमुधिं नेपालद्वारा सञ्चालित तमु आदिकवि स्व. हर्कबहादुर गुरुङ अक्षयकोषबाट प्रत्येक वर्ष प्रदान गरिने साहित्य सम्मान यस वर्ष यूके निवासी साहित्यकार मायादेवी गुरुङलाई दिएको अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।

सम्मान पत्रमा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र महासचिव जुनाकुमारी गुरुङले हस्ताक्षर गरेका छन् ।

स्याङ्जा आँधीखोला गाउँपालिका १ सिरुबारी पञ्चमूल घर भई हाल यूके निवासी माया कथा, कविता लेखन तथा प्रकाश गर्दै आएकी छन् । उनको ‘जिन्दगी’, ‘ऐना’, ‘बाका जुत्ता’ लगायत कृति प्रकाशित छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!