गौरी तमूको ‘सैँप्रोल’ कृति गुरुङको शास्त्रको मूल जरो हो’

SHARE:

  • एकेन्द्र गुरुङ

तमु धीं यूकेको ल्होछार कार्यक्रममा नेपालबाट आउने कलाकार केशबहादुर गुरुङमार्फत गौरी तमू मेरो बिहिनी, गुरुङ साहित्यिक मञ्च नेपालको संस्थापक अध्यक्षले पठाउनुभएको तीनवटा पुस्तक प्राप्त भएको थियो । म पुस्तकप्रेमी नयाँ साहित्यिक पुस्तक पढ्न रुचाउने । जुन गौरी बहिनीले पुर्‍याइरहनुभएको छ । यस मानेमा म उहाँलाई आभार व्यक्त गर्दछु । उहाँको म प्रतिको यो सद्भावको ऋण चुकाउन सायदै सकुँला ।

यस पटक उहाँले नै लेख्नुभएको पुस्तक “सैँप्रोल” भर्खरै बजारमा आएको नँया पुस्तक हो । पुस ५ गते शनिबार गुरुङ साहित्यिक मञ्चद्वारा पोखरामा आयोजित कार्यक्रममा तमूको नवीनतम कवितासंग्रह ‘सैँप्रोल’को लोकार्पण गरिएको थियो । जुन भर्खरै मात्र अद्योपान्त पँढे । अत्यन्त जानकारीमूलक लाग्यो ।

सैँप्रोल पुस्तक बहिनीको दोस्रो पुस्तक हो । “समैं दर्बानी” उहाँको पहिलो कृति थियो । म कविता त्यति पढ्दिनँ । भुपि शेरचन, माधव घिमिरे, उषा शेरचन, दिनेश अधिकारी र तीर्थ श्रेष्ठको वविता पढ्ने गर्छु कहिलेकाहीं । तर यो पुस्तक हातमा पर्नेबित्तिकै पढुँ पढुँ लाग्यो । किनभने यसको नामै काफी छ । यो शब्दले सिङ्गो गुरुङ संस्कार, संस्कृति र सभ्यताको परिभाषालाई समेट्छ । यो गुरुङको शास्त्रको मूल जरो हो ।

पुस्तकमा सरल भाषा, सुन्दरशैली सटिक विषयबस्तु रहेछ । लिङ्ग विभेद, वर्ग विभेद, असमानता र अन्य विभेदको विरुद्धको आवाज सशक्त ढंगले उठाइएको छ । गुरुङ भाषा र संस्कृति संरक्षण र सवर्धनको बारेको अभिव्यक्त लेखाई सशक्त रहेछ । आवाजविहीनहरुको आवाज बोलेको छ । अस्पष्टतालाई स्पष्टसँग बुझाएको छ ।

गौरी बहिनी विध्याबरिधी गर्दै हुनुहुन्छ, विभिनना पत्रपत्रिकामा लेख रचना लेखिरहनुहुन्छ । विद्यालय पढाउन गइरहनुहुन्छ र विभिन्न संघसंस्थामा बक्ता भएर बोलिरहनुहुन्छ। त्यत्रो व्यस्तताको बाबजुद समय मिलाएर यो नयाँ पुस्तक सैँप्रोल प्रकाशन गर्नुभएकोमा हार्दिक बधाई छ र यस्तो बहुमुल्य दस्तावेज सधैं पढ्न पाइरहुँ शुभकामना व्यक्त गर्दछु र त्यसैले सबैलाई यो पुस्तक पढ्नु हुन अनुरोध गर्दछु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!