उमेर ४० नाघेपछि

SHARE:

नगेन्द्रराज नेम्वाङ
हाम्रो उमेर अनुसार स्वास्थ्यको चर्चा गर्नु पर्दा ४० नाघेपछि स्वास्थ्यको धेरै नै ख्याल गर्नुपर्ने गुरु डा. योगी विकाशानन्द भन्नु हुन्छ । जन्मेदेखि २५ वर्षसम्म स्वास्थ्य उकालो उमेर । २५ देखि ४० सम्म तेर्सो र ४० नाघेपछि स्वास्थ्य ओरालो लाग्न थाल्छ । आँखा कमजोर हुँदै शरीरमा विभिन्न किसिमका रोगहरु देखा पर्न थाल्छन् ।

 

शरीरको मोटोपन, दुब्लोपन हुनुको कारण वंशानुगत, व्यायामको अभाव, अनियन्त्रित खानपान, स्वस्थकर भोजनको ज्ञान नहुनु पनि मानिन्छ । स्वास्थ्यलाई कायम राख्नका लागि आफ्ना उमेर र क्षमता अनुसारको नियमित व्यायाम, गहन आराम भोजनमा सुधार ल्याउन सकेमा स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ ।

भोजनमा चिप्लो चाप्लो, बोसो, तेल, चिनी, गुलियो पदार्थ, शारीरिक एवं मानसिक स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ । मांसहारीका लागि चार खुट्टे जनावर संगुर, भैंसी, र बाख्रा उमेर ४० नाघेकाले नखाए नै राम्रो । तर, कुखुराको मासु, माछा र अण्डाले भने स्वास्थ्यलाभ नै गराउँदछ ।

दूध, निलो बिर्को भएकोमा फ्याट बढी हुने भएकोले त्यत्ति स्वस्थकर मानिँदैन । तर, हरियो वा रातो बिक्र्रो भएकोलाई भने कम प्mयाट र स्वस्थकर मानिन्छ । दैनिक भोजनमा अन्न, भात जति नै हरियो सागसब्जीको समावेश गर्नु पर्दछ ।

बिहानको खानामा गहुँको परिकार ओटमिल, दिनको भोजन ब्राउन राईस, बेलुकीको भोजन हल्का गहुँको सुक्खा रोटी सेवन गरेमा स्वास्थ्य लाभ गर्न सकिन्छ । र, पानी पनि प्रशस्त मात्रामा पिउनु पर्दछ ।

योग, ध्यान, प्रणायाम शारीरिक रोग तथा मानसिक समस्या यी दुवैका लागि सर्वोकृष्ट मानिन्छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!