जब मायाले मायालाई नै नचिनेपछि [कविता]

SHARE:

चित्र राना, स्याङ्जा (हाल बेलायत)

कुनै बिसौनीमा साथी छुटेर के भयो र,
असल साथी त सधैं यादमा रहिरहन्छ।

कुनै बिसौनीमा आफन्त छुटेर के भयो र,
असल आफन्त त सॅगै छ
जसले रूँदा आँसु मात्र पुछि दिन्नन,
बरु रूनु नै दिँदैनन्।

छातीमा टाँसेका मानिस छुटेर के भयो र,
जबकि उसको भित्री आत्मा नै
आत्मासॅग टाँसिएको थिएन भने ।

जतन गरेर जोगाएर राखेको माया नै
के माया भयो र,
जब मायाले मायालाई नै नचिनेपछि ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!