गान्तोक ३१ जनवरी २०२६ । तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ कथाकार उषा शर्माको कथासङ्ग्रह ‘गन्तव्य’लाई प्रदान गरिने निर्णय गरिएको छ।
उक्त पुरस्कार आगामी ११/०२/२०२६ का दिन नेपाली साहित्य परिषद्मा आयोजना हुने तुलसी ‘कश्यप’ जयन्ती समारोहका अवसरमा विशेष कार्यक्रमबीच प्रदान गरिनेछ। पुरस्कारअन्तर्गत नगद रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ), प्रशस्ति पत्र तथा स्मृति चिह्न प्रदान गरिनेछ।
यस पुरस्कारमार्फत समकालीन नेपाली साहित्यका उल्लेखनीय र उत्कृष्ट पुस्तकलाई सम्मान गर्ने उद्देश्य प्रतिष्ठानले लिँदै आएको छ । प्रतिष्ठानले कथा विधामा सशक्त र संवेदनशील अभिव्यक्ति प्रस्तुत गर्ने उषा शर्माको कृति ‘गन्तव्य’लाई पुरस्कारका लागि चयन गरिएको जनाएको छ ।


