लन्डन ४ फुब्रुअरी २०२६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ३५ औं स्थापना दिवसको अवसरमा हुने युरोपस्तरीय कविता प्रतियोगिताका लागि फेब्रुअरी ११ सम्म मौलिक कविता पठाउन सकिने भएको छ ।
आयोजक अनेसास जर्मनी, अनेसास फ्रान्स र अनेसास पोल्याण्डले युरोपका विभिन्न देशहरूबाट प्राप्त हुँदै आएका कविताहरूलाई थप व्यवस्थित रूपमा समेट्ने उद्देश्यले रचना पठाउने म्याद एक हप्ता थप गरिएको जनाएका छन् । आयोजकका अनुसार अब फेब्रुअरी ११, २०२६ सम्म सबै साहित्यप्रेमी सर्जकहरुले आफ्ना मौलिक कविता पठाउन सक्नेछ ।
कविता पठाउने इमेल : europoem2026@gmail.com रहेको छ । प्रतियोगिताका लागि ‘साहित्यको संरक्षण, प्रवासमा हाम्रो अभियान’ नारा तय गरिएको छ ।


