गीति एल्बम ‘जानु’ र कथासङ्ग्रह ‘नउघ्रेको जून’ लोकार्पण

SHARE:

काठमाडौँ । साहित्यकार जानु काम्बाङ लिम्बूको गीति एल्बम ‘जानु’ र कथासङ्ग्रह ‘नउघ्रेको जून’ सोमबार लोकार्पण भएको छ ।

नेपाली वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार वैरागी काइँलाले आफूभित्र भएको सिर्जनात्मक क्षमतालाई मार्न नहुने बताए । “ आफ्नो सिर्जनामार्फत भावी पुस्तालाई समाजबारे जानकारी गराउनैपर्छ”, उनले भने । पुस्तकको समीक्षा गर्दै साहित्यकार बिना थिङले सङ्ग्रहमा लिम्बू समुदायको कथालाई बढी प्राथमिकता दिइनु सकारात्मक पक्ष रहेको बताए।
प्रतिष्ठानका अध्यक्ष शशि लुमुम्बूले साहित्यका क्षेत्रमा लेखिकाको भविष्य उज्ज्वल रहेको बताए । सो एल्बममा ‘गर्नु छ एउटा कुरा’ र ‘कैयौं प्यासी रातहरु’ गरी दुई गीत तथा कथासङ्ग्रहमा २० कथा समाविष्ट छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!