मान गुरुङ
अल्डरसट । गोर्खा नेपाली टेनिस क्लब युकेले गत शनिबार २४ नोभेम्बरका दिन हर्डफोर्टसायरमा त्रैमासिक खेल सम्पन्न गरेको छ । प्रत्येक ३÷३ महिनामा बिशेष खेलको आयोजना गर्दै आएको क्लबले यसबर्षकै अन्तिम खेल आयोजना गरिएको हो ।
प्रतियोगितामा सिंगल र डबल गरी ३१ जना खेलाडीहरुले भाग लिएका थिए । सो खेलको ओपन ‘ए’ तर्फ तारामान गुरुङ बिजयी भए भने डमर पुन उपविजेता बने । त्यस्तै, ओपन ‘बि’ तर्फ जीवन गुरुङले विजयी हासिल गरे भने मिलन गर्बुजा उपविजयी बने । भेट्रानतर्फको खेलमा मोहन गुरुङ विजेता बने भने हर्कबहादुर गुरुङ उपविजेता बन्न सफल भए ।
प्रतिकूल मौसमको बावजुद सम्पन्न प्रतियोगिताको डबलतर्फ खुम थापा र गज लिम्बुले प्रथम स्थान हासिल गरे भने राजु गुरुङ र सहबिर गुरुङ उपबिजेता बने ।
उनीहरुलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले पुरस्कार प्रदान गरेका थिए । सो पुरस्कारको प्रायोजन समेत अध्यक्ष गुरुङले गरेका थिए । त्यस्तै, कोर्ट बुकिङ्ग भने महासचिव मेजर सरोज राई र सचिव क्या मोहन गुरुङले गरेका थिए ।






