साहित्यकार गुरुङ सुशान्तलाई ‘गौरी स्रष्टा सम्मान पुरस्कार’

SHARE:

काठमाडौं । साहित्यकार गुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार’ प्रदान गरिने भएको छ ।

गुरुङ साहित्यिक मञ्च नेपालको नवौँ स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही २१ चैतमा आयोजना हुने कार्यक्रममा उक्त पुरस्कार दिइने भएको हो । पुरस्कारको राशि ३५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

कार्यक्रममा ‘तमू पहिचान : शास्त्र, साहित्य र सञ्चारको संवाद’ शीर्षकमा हुने पहिलो सत्रमा डा. पोलबहादुर गुरुङ, गुरुङ सुशान्त र गंगादेवी गुरुङले आफ्ना धारणा प्रस्तुत गर्नेछन् भने गौरी तमूले सहजीकरण गर्ने साहित्यकार एवं गुरुङ साहित्यिक मञ्च नेपालकी संस्थापक अध्यक्ष गौरी तमुले जानकारी दिएकी छन् ।

दोस्रो सत्रअन्तर्गत संस्थाको स्थापनादेखि हालसम्मको यात्रा प्रस्तुति, ‘तमू आँगन’अन्तर्गत मातृभाषामा कविता वाचन हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!