विराटनगर । यहाँ शनिबार भएको पाँचैवटा मिस्टर मोरङको उपाधि सञ्जिव मगरले जितेका छन् । मोरङ शारीरिक सुगठन तथा फिटनेश सङ्घद्वारा आयोजित फाइनल प्रतियोगीमा मिस्टर मोरङको उपाधिबाट पथरीका मगर घोषित भएका छन् । विजेता मगरलाई नगद रु ५१ हजारसहित ट्रफी प्रदान गरिएको छ । यस्तै फस्ट रनरअप अजय मरिकलाई नगद रु २५ हजार र सेकेण्ड रनरअप योगेन लिम्बुलाई रु ११ हजार प्रदान गरिएको छ ।
प्रतियोगिताको मोस्ट इम्प्रुव बडी विल्डिङमा नेपाल जिमका नवाव अन्सारी, बेस्ट पोजरमा जेसीबी जीमका हरेराम रजक, बेस्ट फिजिकलमा जेसीबी जिमका जुनार आलम र मोस्ट मस्कुलर म्यान विराट जीमका अशोक खड्का घोषित भए । विराटनगर उपमहानगरपालिका प्रमुख भीम पराजुली र आयोजक समितिका अध्यक्ष प्रेम खड्काले संयुक्त रुपमा विजेतालगायत अन्य खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।






