काठमाडौँ ३ अप्रिल २०२६ । पहिचान पुरस्कार कोषले चैत २८ गते वरिष्ठ साहित्यकार वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) र गणेशकुमार राई (गीलु रातोस)लाई सम्मान गर्ने भएको छ ।
कोषले यसअघि घोषणा गरेअनुसार पहिचान सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने लागेको हो । उक्त सम्मान पाँच लाख दुई हजार दुई राशि रहेको छ ।
मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति हुन् ।
यस्तै, ५० हजार दुई सय दुई राशिको पहिचान युवा सम्मान गणेशकुमार राई (गीलु रातोस) लाई दिइने भएको छ । पहिचान आन्दोलन र लेखनमा उनीहरूले दिएको योगदानलाई कदर गर्दै उक्त सम्मान र पुरस्कार दिइने निर्णय भएको कोषका संस्थापक नरेश काङमाङ राईले प्रस्ट पारेका छन् ।






