गुरुङ साहित्यिक मञ्च नेपालले मनायो नवौं स्थापना दिवस

SHARE:

काठमाडौं । गुरुङ साहित्यिक मञ्च नेपालले नवौं स्थापना दिवस मनाएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा शनिबार २१ चैत २०८२ मा ‘तमू पहिचान : शास्त्र, साहित्य र सञ्चारको संवाद’ अन्तरक्रिया लगायत कार्यक्रम गरी मञ्चले स्थापना दिवस मनाएको हो । वक्ताहरूमा डा. पोलबहादुर गुरुङ, गुरुङ सुशान्त, गंगादेवी गुरुङ रहेका थिए । टिप्पणीकार पवन गुरुङ र सहजकर्ता गीतकार एवं पत्रकार आश गुरुङ रहेका थिए ।

मञ्चका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गौरी गुरुङ, महासचिव सम्राट गुरुङलगायत पदाधिकारी तथा सदस्यहरू र साहित्यप्रेमीहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ (बेलायत) र आजीवन सदस्य तथा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायतले सहकार्य गरेका थिए ।

गुरुङ भाषा र साहित्यको उत्थानको उद्देश्यले गुरुङ साहित्यिक मञ्ज नेपाल २०७४ सालमा स्थापना भएको हो ।

तस्बिर : नवीनबाबु गुरूङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!