‘गौरी स्रष्टा सम्मान पुरस्कार’ साहित्यकार गुरुङ सुशान्तलाई प्रदान

SHARE:

काठमाडौं । यस वर्षको गौरी स्रष्टा सम्मान पुरस्कारबाट साहित्यकार गुरुङ सुशान्त पुरस्कृत भएका छन् ।

काठमाडौं शनिबार आयोजित गुरुङ साहित्यिक मञ्च नेपालको नवौँ स्थापना दिवसका अवसरमा सुशान्त पुरस्कृत भएका हुन् । सुशान्तलाई तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङ र गुरुङ साहित्यिक मञ्च नेपालकी संस्थापक अध्यक्ष गौरी तमुले नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरे । पुरस्कारको राशि ३५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

कार्यक्रममा ‘तमू पहिचान : शास्त्र, साहित्य र सञ्चारको संवाद’ शीर्षकमा हुने पहिलो सत्रमा डा. पोलबहादुर गुरुङ, गुरुङ सुशान्त र गंगादेवी गुरुङले आफ्ना धारणा प्रस्तुत गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!