काठमाडौं । भीमबहादुर स्मृति प्रतिष्ठान नेपालले यस वर्षको “भीमबहादुर स्मृति साहित्य पुरस्कार २०८२” चर्चित स्रष्टा कविता राई (भोजपुर) लाई प्रदान गरिने भएको छ ।
भीमबहादुर स्मृति प्रतिष्ठान नेपालका संरक्षक तथा संस्थापक सुरेन्द्र लिम्बु परदेशीले १८ अप्रिल २०२६ (वैशाख ५) मा धरानमा एक कार्यक्रमबीच उक्त पुरस्कार अर्पण गरिने जानकारी दिए । पुरस्कार राशि १५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
सोही कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन ‘परदेशी बिम्ब’ लोकार्पण गर्ने कार्यक्रम छ । प्रतिष्ठानका अनुसार नेपाली भाषा–साहित्यको साहित्यिक श्रेष्ठता र उन्नयनका निम्ति अमूल्य योगदान पुर्याएबापत उक्त सम्मान प्रदान गर्न लागिएको हो । वि.सं. २०७९ सालमा स्थापना भएको प्रतिष्ठानले प्रत्येक वर्ष एकजना विशिष्ट व्यक्तित्वलाई “भीमबहादुर स्मृति सम्मान” तथा एकजना विशिष्ट व्यक्तित्वलाई “भीमबहादुर स्मृति पुरस्कार” प्रदान गर्दै आएको छ ।
२०८२ सालको भीमबहादुर स्मृति सम्मान भने नेपाल सरकारका पूर्वशिक्षाध्यक्ष वरिष्ठ विद्धान् प्रा.डा. भीम खतिवडा, धरानलाई समर्पण गरिने कुरा पनि उनले जानकारी गराए ।
• २०७९ सालमा सम्मानतर्फ पद्मश्री लीलबहादुर क्षेत्री (असम, भारत) र पुरस्कारतर्फ जानु काम्बाङ (हङकङ) लाई प्रदान गरिएको थियो।
• २०८० सालमा सम्मानतर्फ डा. मधु माधुर्य (अमेरिका) र पुरस्कारतर्फ दीपक सुवेदी (झापा, नेपाल) सम्मानित भएका थिए।
• २०८१ सालमा सम्मानतर्फ सी.पी. शर्मा (सिक्किम, भारत) र पुरस्कारतर्फ डा. नारद पोखरेल (अमेरिका) सम्मानित भएका थिए।






