जीआरएनसीको नयाँ वर्ष कार्यक्रमका लागि बेलायत आइन् कलाकार रेश्मा तामाङ

SHARE:

लन्डन । ग्रेट रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)ले बेलायतको अल्डरसटमा आइतबार आयोजना गर्ने नेपाली नयाँ वर्ष २०८३ को विशेष सांस्कृतिक कार्यक्रमका लागि गायिका रेश्मा तामाङ बेलायत आएकी छन् ।

अल्डरसटस्थित एम्पायर बैंक्युटिङ एण्ड हलमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन गायिका तथा मोडल तामाङ शुक्रबार बेलायत आइपुगेकी हुन् । उनलाई आयोजक संस्थाका प्रतिनिधिले हिथ्रो एयरपोर्टमा स्वागत गरेका थिए ।

रेश्मा गोर्खा सांस्कृतिक समाजको महिला सचिव समेत हुन् । उनी लामो समयदेखि कलाकारितामा लागिरहेकी छन् ।

जीआरएनसीको कार्यक्रम दिउँसो ४ बजे सुरु भएर राति १० बजेसम्म चल्ने छ । जहाँ स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ। कार्यक्रमलाई थप आकर्षक बनाउन ‘राफल ड्र’ (चिट्ठा) को समेत व्यवस्था गरिएको जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले जानकारी दिइन् ।

सहभागीहरूका लागि प्रवेश शुल्क वयस्कलाई २५ पाउण्ड, १२ वर्ष र सोभन्दा मुनिका बालबालिकाहरूलाई १२ पाउण्ड तथा ज्येष्ठ नागरिकहरूलाई २० पाउण्ड तोकिएको छ। उक्त शुल्कमा बफेट भोजनको समेत व्यवस्था गरिएको छ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष माबोले जनाइन् । यसपटक नेपाली व्यवसायी र स्थानीय समुदायको समेत सहभागितामा पृथक् ढंगले नयाँ वर्ष मनाउने तयारी रहेको अध्यक्ष माबोले जनाइन् । कार्यक्रम संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङ रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!