पहिचान सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान

SHARE:

काठमाडौँ । पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा)लाई प्रदान गरेको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार/मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गरिएको हो ।

यस्तै, रु ५० हजार दुई सय दुई राशीको पहिचान युवा सम्मान गणेशकुमार राई (गीलु रातोस) लाई दिइएको छ । पहिचान आन्दोलन र लेखनमा उनीहरूले दिएको योगदानलाई कदर गर्दै उक्त सम्मान र पुरस्कार दिएको कोषका संस्थापक नरेश काङमाङ राईले बताए ।

उनले पुरस्कृत र सम्मानितलाई बधाई दिँदै कार्यक्रममा सहभागीलाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!