समाजसेवी खगेन्द्र घर्ती मगरलाई ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१’ प्रदान

SHARE:

लन्डन ११ अप्रिल २०२६ । नेपाल मगर संघका संस्थापक सदस्य तथा समाजसेवी खगेन्द्र घर्ती मगरलाई ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१’प्रदान गरिएको छ ।

जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले शनिबार एलायन्स फ्रान्सेली केन्द्र ललितपुरमा पुरस्कार वितरण समारोह आयोजना गरी खगेन्द्रलाई पुरस्कृत गरेको हो । खगेन्द्रलाई ४० हजार रुपैयाँ र सम्मानपत्र प्रतिनिधिसभाकी निवर्तमान उपसभामुख तथा रास्वपाबाट वर्तमान सांसद इन्दिरा राना मगर र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले हस्तान्तरण गरे ।

उक्त यो पुरस्कार नेपाल मगर संघका पूर्वसचिव स्व. जयबहादुर हितान मगरको स्मृतिमा उनका छोरा बेलायतवासी पूर्वगोर्खा, वातावरणविद् तथा साहित्यकार विजय हितान मगरले स्थापना गरेका हुन् ।

पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै इन्दिरा राना मगरले भनिन्, ‘मैले चुनाव जित्नुको प्रमुख आधार मेरो क्षेत्रका आदिवासीहरुको भाषामा सम्बोधन गरेकोले हो । भाषामा ठूलो शक्ति हुन्छ ।’

यस्तै कुलपति भूपाल राईले भने, ‘मैले ५८ वर्षदेखि एकल भाषामा मात्र काम भइरहेकोले त्यसलाई तोडेर सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान मूल नारासहित बहुभाषिक प्रतिष्ठान बनाएँ तर मलाई मार्क्सवादी भनेर ट्याग लगाउँछन् ।’

प्रमुख वक्ता प्राडा अभि सुवेदीले मगर भाषा, साहित्यका सबै विधामा काम भएकोमा खुसी व्यक्त गर्दै पीएचडी गर्ने चेलाहरुले अध्ययन, अनुसन्धान गर्दा मगरको इतिहास ब्लडी किसिमले लेखिएकोले चनाखो हुनुपर्ने बताए ।

पुरस्कृत व्यक्तिहरुले पुरस्कृत हुने कल्पना नगरेको, भाषा संरक्षण गर्न लेख्दा पुरस्कृत भएकोले लेख्न बल पुगेको भनाइ राखे ।

सोही अवसरमा प्रतिष्ठानका कोष संरक्षक र आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सन्त गाहा मगरले राखेका थिए । धन्यवादसहित समापन अध्यक्ष सञ्जोग लाफा मगरले गरेका थिए । कार्यक्रम सञ्चालन श्याम राना मगरले गरेका थिए ।

सोही कार्यक्रममा यस वर्षको जित-रेख मगर साहित्य पुरस्कार–२०८१ दुधौली-१४ आहालटार सिन्धुली निवासी उजिर राना मगरलाई दिइएको छ । राना मगरलाई माम्ह्याक्नी (नबिर्स-२०५८) ए…डाजे डईको (ए..दाइ दिदीहरु-२०६४) मगर भाषा कवितासंग्रह र मोईझाओ रोहआङ (मातृभूमिको मायामा-२०६५) कृतिका लागि उक्त पुरस्कार दिएको हो । पुरस्कारको राशि ६० हजार नगद र सम्मानपत्र रहेको छ ।

१५ हजार राशिको जित-रेख मगर नवप्रतिभा साहित्य पुरस्कार २०८१ अठार मगर खाम भाषा एकाङ्की नाटकसंग्रह नाङ्खार-याल (गाउँतिर-२०७४) र अल्लाका सुल (हिजोको पाइला-२०८०) नाटकसंग्रहका स्रष्टा थवाङ-२ मिरुल रोल्पा निवासी राकेश बि.एम. चिन्तनलाई प्रदान गरिएको छ ।

जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्वारा वार्षिक रुपमा पुरस्कार प्रदान गर्दै आएको छ । उक्त नवप्रतिभा साहित्य पुरस्कारको अक्षयकोष बेलायतवासी साहित्यकार, पत्रकार तथा समाजसेवी डा. दुत पुन मगर (चिम्खोले काइँला) ले स्थापना गरिदिएका हुन् ।

डा. पुनले यस पुरस्कार वितरण कार्यक्रम संचालन गर्नका लागि यस वर्ष पनि १५००० हजार रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा निर्वतमान उपसभामुख इन्दीरा राना मगर र कुलपति भूपाल राईलाई प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले फेटा र सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!