लन्डन । ओखलढुंगा जिल्ला समाज युकेको वार्षिक भेला यही २५ अप्रिलमा हुने भएको छ ।
मिचेट क्याम्बर्लीमा अतिथि कलाकार रेश्मा तामाङको साथमा वार्षिक भेला हुन लागेको समाजले एभरेष्ट टाईम्म यूकेलाई जानकारी दिएको छ । कार्यक्रम मध्याह्न १२ बजेदेखि राति ९ बजेसम्म हुनेछ । चर्चित कलाकार रेश्माको साथसाथै स्थानीय गायिका र डान्सरको प्रस्तुति रहने छ भने डिजेको साथमा फ्लोर डान्ससमेत हुने आयोजकले जनाएको छ ।
यदि गायन र नृत्यका लागि इच्छा भएमा चाँडोभन्दा चाँडो कार्यक्रम संयोजक कृष्ण गुरुङलाई सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
विभिन्न विश्वविद्यालयबाट ग्राजुयट गरेका विद्यार्थी, अन्य क्षेत्रमा उपलब्धि हासिल गरेका व्यक्ति, बढुवा भएका, नयाँ विवाहित जोडीलगायतलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ । आफ्ना छोराछोरीको नाम समाजका महासचिव बलदिप तामाङलाई पठाउन भनिएको छ ।
कार्यक्रममा गोर्खा क्याटरिङ सर्भिस यूकेले उपलब्ध गर्नेछ ।
सहभागीका लागि वयस्क २५ पाउन्ड,६ देखि ११ वर्षसम्मका बालबालिकालाई १० पाउन्ड र ६ वर्षभन्दा कमका बालबच्चालाई नि:शुल्क प्रवेश दिइने जनाइएको छ ।
रेश्मा ग्रेट रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)को नेपाली नयाँ वर्ष २०८३ को विशेष सांस्कृतिक धमाकाका लागि १० अप्रिल शुक्रबार बेलायत आएकी हुन् ।






