‘दिमाग, शरीर र आत्मा अथवा चेतना’ यी तीन आधारले मानिसको जीवनयापनलाई जन्मदेखि मृत्यु र मृत्युपर्यान्तसम्म पनि प्रत्यक्ष अथवा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यसैले हामीहरुले यी तीन कुराको शुद्धीकरण, हेरचाह र सन्तुलनले मानिसको स्वास्थ्य, शरीर र आत्मा अथवा चेतनालाई शुद्धीकरण गर्छ र खुसी तथा सुखी जीवनको अनुभूति गर्न मद्दत गर्दछ ।
दिमाग
दिमागलाई तन्दुरुस्त राख्नको लागि शुद्ध खाना, हावा (अक्सिजन), पानी र ओमेगा ३ अथवा फिस वयल (माछाको तेल) हो भने ध्यानले चेतना बढाउनुको साथै श्वास अक्सिजनलाई पनि सही किसिमले निरन्तर पुर्याउन मद्दत गर्दछ र हाम्रो दिमाग तेज तथा शुद्ध र बलियो भएमा टाउको दुख्नेजस्ता रोग अथवा समस्या आउँदैन र आएमा पनि निरन्तर लामो अभ्यास भने औषधि नखान पर्ने हुन्छ । तर गाह्रो भएमा डाक्टरको परामर्श लिनु होला ।
शरीर
हाम्रो शरीर विशेगगरी पञ्चतत्वले बनेको हुन्छ अथवा तुलना गरिन्छ । जस्तै, पञ्चतत्त्व अर्थात् आकाश, अग्नि, हावा, पानी र धर्ती । हामीभित्र अथवा हाम्रो शरीरमा भएका तत्वहरुलाई यी पाँचतत्वसँग तुलना गरिन्छ । कुनै तत्व बढी अथवा अत्याधिक भएमा हामीहरुलाई बिरामी हुने, हाम्रो दिमाग, शरीर र चेतना शान्त हुँदैन ।
त्यसैले शरीर निरोगी र उच्च स्वास्थ्य राख्नको लागि पर्याप्त शुद्ध मिनरल भएका पानी पिउने, गहिरो निद्रामा सुत्ने, धन्यवाद प्रदान गर्ने, पौष्टिकतत्व भएका खानेकुराहरु खाने । जस्मा सागसब्जी र फलफूल गरेर निम्नतम ४० प्रतिशत जति हुनुपर्छ । र नरहरु खाने, खानापछि हल्का १ किमिजति हिँड्ने । व्यायमहरु जस्तै ताइची, योगा, जिम, हिँड्ने, दौडने, खेलकुद खेल्ने, नाच्ने, ध्यान गर्ने, मन परेका कुराहरु गर्ने, अरुलाई सहयोग गर्ने, करुणा जगाउने, नराम्रो कुराहरुबाट टाढा रहने । मिहिनेत गर्ने, अध्ययन गर्ने र दिनमा केही समय आफ्ना लागि दिने, चिन्तन मनन र पढ्ने तथा लेख्ने आदि गरेमा जीवन सार्थकता बन्दै जान्छ ।
(अहिलेलाई छोटो लेख लेख्ने र पछि पनि अन्य लेखहरु ल्याउने छु । तपाईंहरुको प्रतिक्रियाहरु तथा सुझावहरुको अपेक्षा राख्दछु ।)
फार्नबरो, यूके






