लन्डन । विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड बेलायतले सटोन पार्कमा काव्यिक श्रृङ्खला एवं ड्राइ पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार १९ अप्रिल २०२६ मा बेलायतको बर्मिङ्घमस्थित सटोन पार्कमा नियमित काव्यिक श्रृङ्खला एवं पारिवारिक भेटघाटसहितको ड्राइ पिकनिक कार्यक्रम सांगीतिक माहोलमा सफलतापूर्वक सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागी स्रष्टाहरूले आफ्ना सिर्जनाहरू वाचन गर्नुका साथै सांगीतिक वातावरणमा विभिन्न परिकारहरूको बेग्लै स्वादसहित कार्यक्रम विविध आयाममा सम्पन्न भएको विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड शाखा अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’ले जानकारी दिए । साथै, बाबुनानीहरूले नेपाली भाषामा प्रस्तुत गरिएका सिर्जनाहरू ध्यानपूर्वक श्रवण गरेको देख्दा आफूहरुलाई विशेष गर्व र भावुक अनुभूति प्राप्त भएको उनले सुनाए ।
कार्यक्रमलाई विविध आयाममा सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण साहित्य अनुरागीहरूप्रति महासङ्घले हार्दिक आभार व्यक्त गरेको छ । भविष्यमा पनि यस्तै सिर्जनात्मक र सौहार्दपूर्ण कार्यक्रमहरू निरन्तर आयोजना गर्ने अपेक्षा राखिएको छ ।







