सरकार सुदन गुरुङलाई पुनः गृहमन्त्रीको स्थान दिनु [कविता]

SHARE:

समाचार सुन्दासुन्दै कान दुखिसक्यो,
समाचार भिडियो हेर्दै हेर्दै आँखा दुखिसक्यो।
तर मैले केही लेख्न सकिनँ,केही बोल्न सकिनँ
नेपाल आमा, म कायर हुँ ।

भ्रष्टाचारको एक–एक फाइल खोल्छु भन्दै गर्दा,
समय छोटिँदै गयो,
गृहमन्त्रीका दिन गन्दै गर्दा। रविजीको साहस टुक्र्याइयो,
सुदन गुरुङको काम निमोटियो,
म चुपचाप हेरेको हेर्‍यै
नेपाल आमा, म कायर हुँ।

इतिहासमा पनि अन्याय–अत्याचार विरुद्ध धेरै व्यक्तिहरू शहीद भए।
२०८२ मा जेनेरेशन Z ले अन्यायविरुद्ध ज्यानको आहुति दिए।
न्यायाधीश कस्ता व्यक्तिले न्याय पाउने हो ?
धेरै महिला बलात्कृत भए,धेरै महिला जलेर खरानी भए।
म मौनतामा बसिरहेछु
नेपाल आमा, म कायर हुँ।

नयाँ सरकारसँग बिन्ती छ ,सुदन गुरुङलाई पुनः गृहमन्त्रीको स्थान दिनु।
पहिले सुन तस्करी के के तस्करी लुकाउन सक्ने
अहिले सबै कुरा ज्ञानी भएर देखाउनु पर्ने
भो
पाँच वर्ष लगातार आफ्ना एजेन्डामा काम गर्नु,
मान्छे चिन्नु एकआपसमा नछुट्टिनु।
नेपाली जनता खुशीले बाँचेको, नेपाल आमा हाँसेको हेर्न चाहन्छौँ।
त्यतिबेला, नेपाल आमा—म कायर होइन, छाती फुलाएर बोल्नेछु,
कान खोलेर सुन्नेछु र निर्धक्कले हेर्नेछु।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!