लन्डन । किरात याक्थुङ चुम्लुङ यूके थामेदिङ्मा चुम्लुङको आयोजनामा यही मे ३० तारिखमा लिम्बु भाषामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
मे ३०, शनिवार, चुम्लुङदेन, मेडस्टोनमा ऐतिहासिक तेस्रो हाजिरी जवाफ तथा “मेनलुङ फुसिङमा (सयामुन्द्री चिनाउने)” शीर्षकमा लिम्बु भाषामा वक्तृत्वकला प्रतियोगिता तथा कार्यक्रम हुने भएको हो ।
कार्यक्रम चुम्लुङ्ग्देन, मेडस्टोन केन्टमा बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म हुने अध्यक्ष मनमाया नेम्बाङले जानकारी दिएकी छन् ।
महासचिव शुभ नेम्बाङ र सचिव धनकुमारी थोक्लिहाङले सम्पूर्ण महानुभावहरुमा उपस्थितका लागि हार्दिक अनुरोध गरेका छन् ।






