लन्डन । पहिचान पुरस्कार कोषले पहिचान पुरस्कारका लागि कृति आह्वान गरेको छ ।
कोषका संस्थापक नरेश काङमाङ राईले शुक्रबार सूचना प्रकाशित गर्दै विसं २०८२ साल वैशाखदेखि चैतसम्म प्रकाशित कृतिहरू यही २०८३ साल जेठ महिनाभित्र दर्ता गराइसक्न आग्रह गरेका हुन् । सूचनाअनुसार, विसं २०८१ सालमा ‘पहिचान सम्मान’ प्रदान गरिएकाले २०८१ सालमा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूलाई पनि विसं २०८२ मा प्रकाशित तथा दर्ता भएका कृतिसँगै उत्कृष्ट कृति छनोट गरी पुरस्कार प्रदान गरिने जनाइएको छ ।
कोषले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।






