लन्डन । बेलायत निवासी डा. सुमाया राईद्वारा लिखित ‘जिन्दगी फूल सम्झे फूलै हो’ जीवनयात्रा पुस्तक विमोचन गरिएको छ ।
नेपाली महिला समाज बेलायतले नर्थोल्ट रोड, साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा शनिबार १६ मे २०२६ मा आयोजित पुस्तक विमोचन तथा विमर्श कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो । समाजकी अध्यक्ष बिमला कुमारी राईको अध्यक्षतामा भएको कार्यक्रम पूर्वअध्यक्ष तथा सल्लाहकार शशिकला थापा सुब्बाले संयोजन गरेकी थिइन् ।






