काठमाडौं । व्यवसायी तथा समाजसेवी मिनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रूपैयाँ सहयोग घोषणा गरेका छन् ।
शुक्रबार गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्र पुगेर व्यवसायी गुरुङले सहयोगको घोषणा गरेका हुन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।
डा.कोइरालाले घोषणा भएको यो सहयोगले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको उल्लेख गरे । उनका अनुसार कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ। अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ।






