लन्डन । बेलायतमा यही २३ मेमा लाइभ दोहोरी धमाका हुने भएको छ ।
मोमो नेपाल यूकेको आयोजनामा मञ्जु बिक र कृष्ण सुवेदीबीच दोहोरी भिडन्त हुन लागेको हो । साथमा लोकप्रिय मोडेल/डान्सर अस्मिता रानाको मनमोहक नृत्य रहने जनाइएको छ ।
कार्यक्रम रेडिङ टाउन सेन्टरस्थित मोमो नेपाल रेस्टुरेन्ट लन्ज एन्ड बारमा शनिबार साँझ ७ देखि ११ बजे हुनेछ ।
कार्यक्रममा प्रवेश शुल्क १० पाउन्ड तोकिएको छ । थप जानकारी आवश्यक परे दिपक गुरुङलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।






