लन्डन । लोक तथा दोहोरी गायिका निर्जला गुरुङ बेलायतको सांगीतिक भ्रमणपछि नेपाल फर्किएकी छन् ।
यसपटक १ महिनाको बेलायत बसाइँपछि निर्जला सोमबार नेपाल पुगेकी हुन् । फर्किएपछि गायिका निर्जलाले फेसबुकमा लेखिन्,’मनमा हजुरहरुको नाम, अनुहार चिनाएर राखेकी छु ।’
उनी तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा बेलायत आएकी थिइन् ।






