डा. मुलिबीर राई – लन्डन।
नेपाली सङ्गीतिक क्षितिजका एक चम्किला नक्षत्र दिनेश सुब्बाको उपस्थितिमा आइतवार ३१ मे २०२६ का दिन वेलायतमा एक विशेष साङ्गीतिक कार्यक्रम ‘दिनेश सुब्बा साँझ’ आयोजना हुने भएको छ। उनले वेलायतमा रहेका नेपाली गीत-सङ्गीतका पारखीहरूका लागि उनले यो विशेष साँझ छुट्याएका हुन्।
दार्जीलिङबाट आफ्नो सङ्गीतिक यात्रा सुरु गरी नेपाल फर्किएका र त्यसपछि हङकङमा धेरै वर्ष बिताएर नेपाली गीत-सङ्गीतकै क्षेत्रमा निरन्तर योगदान पुर्याएका सुब्बा हालै वेलायत आएका हुन्।
यो विशेष साङ्गीतिक कार्यक्रममा उनलाई नेपाली सुगम सङ्गीतमा निरन्तर साधनारत गायिका सुनिता थेबेले साथ दिनेछिन्। गीत र सङ्गीतको प्रस्तुति मात्र नभएर, यो कार्यक्रम वेलायतमा बसोबास गरिरहेका अन्य ख्यातिप्राप्त नेपाली कलाकारहरू र साहित्यकारहरूको समेत एउटा ठूलो जम्काभेट हुने भएको छ । आयोजकहरूले वेलायतबासी सम्पूर्ण सङ्गीतप्रेमी तथा नेपाली समुदायलाई यस गरिमामय कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रण गरेका छन्।






