लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा शनिबार ३० मे २०२६ मा नवौं लोकदोहोरी स्वर्णिम साँझ भव्य रुपमा सम्पन्न भएको छ ।
नेपालबाट आएका ख्याति प्राप्त डेढ दर्जन कलाकारको साथमा अल्डरसटस्थित एम्पायर हलमा स्वर्णिम साँझ सम्पन्न भएको हो । लोकदोहोरी गायक कृष्ण सुवेदी र गायिका शोभा त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा लोकदोहोरी गायिका सोनी कुँवर, मञ्जु विक,रूपी सिञ्जाली मगर, सविना बुढा मगर, शर्मिला गुरुङले प्रस्तुति राखेका थिए ।
यस्तै नृत्य कलाकार सरिश्मा रामजाली, शिवदास गुरुङले कलात्मक प्रस्तुति राखेका थिए भने गायक गोविन्द पुन, गायिका ललिता पुन, रेश्मा तामाङले पनि सांगीतिक कोसेली पस्केका थिए ।
त्यसैगरी धनबहादुर गुरुङ (बाँसुरी),मीन गुरुङ (मादल), रेशम पाचे (ढोलक), सन्तोष पुन (किबोर्ड),यज्ञ बिक (अक्टोप्याड),राजकुमार पुर्जा (हार्मोनियम)मा साथ दिएका थिए ।
गायिका मञ्जु बिक र धन गुरुङ समूहले ठाडो भाकाको प्रस्तुति राखेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा अध्यक्ष मनसुधन थापा मगरले जानकारी दिए ।

अध्यक्ष थापा मगरले स्वर्णिम साँझ कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ, समर्थन तथा सहभागिता जनाउने सम्पूर्ण महानुभावहरूमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
विशेष रूपमा संरक्षकद्वय लक्ष्मण राणा तथा टंक शेरचन, सम्पूर्ण कार्यसमिति, सल्लाहकार तथा पूर्व सल्लाहकारहरू, आजीवन सदस्य तथा सदस्यहरू, प्रतिष्ठानसँग सम्बन्धित सम्पूर्ण शुभेच्छुक महानुभावहरू, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सञ्चारकर्मी मित्रहरू, व्यवसायी तथा प्रायोजक महानुभावहरू साथै कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरूमा आभार व्यक्त गरिएको छ ।
यस्तै कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष कल्पना शीलपाल, खाना तथा पेय व्यवस्थापक द्वितीय उपाध्यक्ष चन्द्र गुरुङ, कार्यक्रम सञ्चालक सचिव रेशम पाचे, सहसचिव धर्म लामा, बाद्यवादक संयोजक सक्रिय सदस्य सन्तोष पुन, कलाकार संयोजक तथा सल्लाहकार रत्न शाही, साउन्ड सिस्टम व्यवस्थापनमा संरक्षक टंक शेरचन, सम्मान तथा प्रमाणपत्र व्यवस्थापनमा संरक्षक लक्ष्मण राणा, गेट व्यवस्थापनमा कोषाध्यक्ष जित काउछ तथा सह–कोषाध्यक्ष भीम आले र सदस्य तारा गर्बुजा मगर, अतिथि सत्कार तथा स्वागतमा सल्लाहकार निशा गुरुङ, सदस्य रेखा कोइराला, सिर्जना गुरुङ, शशी थापा राना र पम्फा थापा, स्टेज व्यवस्थापनमा महिला उपाध्यक्ष शिला थापा, सल्लाहकार छवि पुन, सदस्य आश्मा छन्त्याल र नुनमाया नौभाग्य, मोहनदेवी राना तथा पावरपोइन्ट र प्रोजेक्टर व्यवस्थापनमा सदस्य खेम आले, एम्पायर हल्का सञ्चालक पुरन गिरी, नारायणगिरी राजकुमार गुरुङलगायत सम्पूर्ण स्वयंसेवकहरूलाई पनि अध्यक्ष थापामगरले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायिका शर्मिला बर्देवा, विशेष अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, कार्यक्रममा सम्मानित व्यक्तित्व, प्रतिष्ठान युके शाखाका संरक्षक टंक शेरचन, लोक तथा दोहोरी गायिका प्रतिष्ठान युके शाखाका सल्लाहकार कल्पना गुरुङ पुन, सयपत्री सांस्कृतिक समूह योग्यका संस्थापक सदस्य सल्लाहकार कविता घर्ती मगर गुरुङ अनि नेपालबाट आई आफ्नो अमूल्य समय, प्रतिभा र प्रस्तुतिमार्फत कार्यक्रमलाई भव्य र सफल बनाउन योगदान पुर्याउने कलाकारहरूमा विशेष धन्यवाद व्यक्त गरिएको छ ।
नेपाली लोक सङ्गीत र लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक वर्ष यो विशेष कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ ।






