- राज कुमार राई
हङकङ । साहित्यिक साझा श्रंखला १५६ मा तारदेबी सुनुवार को कविता संग्रह जिर्मा र हाङओजा थेगिमको रात सगै पलाएको सपना कविता संग्रह मा परिचर्चा भएको छ । तारादेवी सुनुवार का कविता संग्रह जिर्मा को टिप्पणी बारे राजकुमार राई ले पुस्तक को नाम जिर्मा ले एक सभ्यता सस्कति को बिम्वा ध्वनी बोकेकोले जिर्मा शव्द नै एक पुस्तक भएको वताए । राज्यवाट नागरिकमा अनेक बिभेद परेर क्षातीभरी देश बोकेर देश छोड्ने मान्छे हरू को ताँती हेरी रहेका कविले पराइ को देशमाआफ्नो देश प्रति प्रेम गर्नेहरू अन्तरमन नजिक वाट कविले स्पर्श गरेकी छिन। जातिय विभेद र पटक पटक उठेको आन्दोलन क्रान्ति हरू तुहाउने बर्ग प्रति आक्रोस छ । आफ्नो भाषा सस्कृति संस्कार हराउदै गएकोमा चिन्ता प्रकट गरेको छ भने प्रकृति माया प्रेम संस्कृति लाई गहिराइ मा पुगेर स्पर्श गरिएको छ ।
कविताहरू राष्ट्रीयता , समाजिक विसाङगति, किरात सस्कृति , महिला अधिकार , प्रकृति,प्रेम,बिषयहरू मा सेरोफेरोमा छ। जिर्मा भुईमान्छेहरू, राष्ट्रावादीहरू , सस्कृतिप्रेमी ,पहिचानवादी , मानवतावादी ,प्रकृतिप्रेमी सवैको साझा पुस्तक भएको वताए । बज्र कुमार थुलुङ राई ले हाङओजा थेगिमका रात सगै पलाएको सपना पुस्तक बारे थेगिमका कविताहरूमा जीवनका गहिरा चोट, पीडा, आशा, भरोसा र आधुनिक समयको सन्त्रासलाई अनुभूत गर्दै कठीन मार्गहरूमा लड्दै-उठ्दै जगतको नियति बदल्ने चेत पाइन्छ। उनले आफ्ना कवितामा आत्म-सम्बोधन र गहिरो आत्मबोधलाई मुखरित गरेका छन्। मानिसले आफूलाई जतिसुकै ठूलो, सानो, विद्वान्, बुद्ध, महान् वा तुच्छ ठाने पनि आखिर ऊ प्रकृतिको एउटा सामान्य अंश मात्र हो भन्ने कटु सत्यलाई उनले बडो सरल ढङ्गले प्रस्तुत गरेका छन्:
‘आखिर तिमी त
एक चिम्टी माटो र एक मुठी हावा न हौ
कुनै एउटा बस्तीबाट
एकदिन बजार निस्केका दर्शक न हौ’
यो अंशले मानिसको अहङ्कार, नश्वरता र क्षणभङ्गुर जीवनको यथार्थलाई एकदमै सरल रूपमा सटिक टिप्पणी गरेका थिए । कार्यक्रम मा डोम राना , डिवी लिम्बु , बज्र कुमार थुलुङ राई , सुन्दर गुरुङ , पुर्णिमा शाह , जुनु राना , दीपेन्द्र वान्तावा , बिसु सम , रोशन यक्सो ले कविता ग़ज़ल गीत जीवनी हरू वाचन गरेको थियो । जानु काङवाङ र दाजु गुरुङ ले शुभकामना मन्तव्य राखेका थिए । रोशन यक्सो ले सन्चालन गरेको कार्यक्रमका सभापतित्व संयोजक जुनु राना गरेको थियो ।






