शिव मन्दिर खरिदमा राजदूतको चासो

SHARE:

लन्डन । बेलायतको अल्डरसटमा नेपाली समुदायले खरिद गर्न लागेको शिव मन्दिर तथा नेपाली कम्युनिटी सेन्टरप्रति नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गहिरो चासो व्यक्त गरेका छन् ।

यही डिसेम्बर ८ तारिख बेलुका परिवारसहित राजदूत सुवेदीले भवन निरीक्षण गर्दै खरिदबारे निकै सोधखोज गरेका थिए । राजदूतको उत्सुकता मेटाउन शिव कल्चर तथा कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङ, महासचिव विक्रम भट्टराई, कोषाध्यक्ष वाचस्पती रेग्मी, भवन खरिद संयोजक हर्क गुरुङ र सल्लाहकार भीम बानियाँले प्रगतिबारे जानकारी दिएका थिए ।

सन् २००७ सालतिरबाटै अल्डरसट क्षेत्रमा बसोबास गर्ने केही नेपालीहरुले सो क्षेत्रमा एउटा हिन्दु मन्दिरको आवश्यकता महसुस गरी पहल सुरु गरेका थिए । सन् २०१४ मा प्रकाश राउतको अध्यक्षता र भीम बानियाँको अर्थ संकलन संयोजकत्वमा एउटा कोशेढुंगा ठड्याउन सफल भएको थियो ।

संस्थाको बैठकले उपस्थित सदस्यहरुबाट ३ वर्षे योजनामा रकम जम्मा गर्नेगरी एक लाख ३ हजार पाउन्डको कवुल गरायो र सुरु भयो रकम संकलन गर्न । तर, विविध कारणले बीचमा रकम संकलन रोकियो र योजना सफल हुन सकेको थिएन । तर, पछिल्लो समय बुद्धिस्ट कम्युनिटी सेन्टर युकेका उपाध्यक्ष तथा गोर्खा टेनिस ए्शोसिएनका अध्यक्ष हर्क गुरुङ भवन खोजेर पूर्ण योजनासहित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरका पदाधिकारीसँग मिलेर भवन खरिद प्रक्रिया अगाडि बढेको छ ।

खरिद गर्न लागिएको भवनको मूल्य ३ लाख पाउन्ड रहेको छ भने हालसम्ममा संस्थाले नगद १ लाख ३५ हजार जम्मा गरी सकेको, १ लाख ८ हजार ७२९ उठ्न बाँकी रहेको जनाएको छ । कबुल गरेका दाताले सबै रकम जम्मा गरी दिएमा ५८ हजार पाउन्ड मात्र नपुग देखिएको जनाइएको छ ।

भवन खरिदका लागि फानबोरो साई सेन्टरले ५० हजार पाउन्डभन्दा बढी सहयोग गरेको छ । विश्वकर्मा समाज युके, सिर्जनशील समाज युके, एशियन महिला एशोसियन युके (आमा), तमुधिं युके र ग्रेटर रशमुर नेपाली कम्युनिटी पनि सहयोग गर्ने तयारीमा छ । नयाँ भवनमा शिव मन्दिर र सर्वधर्म प्रार्थना कक्ष हुने र मन्दिर क्षेत्र आवश्यक समयमा मात्र खोलिने हंँदा अरु समयमा हललाई सामाजिक कार्यमा प्रयोग गर्न सकिने बताइएको छ ।

भवन निरीक्षणपछि राजदूत सुवेदीले नेपाल सरकारका तर्फबाट गर्न सकिने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सहयोगका लागि बेलायतवासी नेपालीलाई अपील गरे । भवन खरिदका सदस्य तथा सल्लाहकार भीम बानियाँका अनुसार भवनको खरिदपछि मर्मत तथा स्थायी मन्दिर व्यवस्थापन खर्च जुटाउन आगामी २०१९ जनवरी ४, ५ र ६ मा नेपालका वाचन शिरोमणि दिनबन्धु पोखरेलबाट श्रीमद् भागवत र बौद्ध धर्मसम्बन्धी वाचन गरिँदैछ । प्रवचनमा राजदुत सुवेदी उपस्थित हुनेछन् । आयोजकका अनुसार भवन उद्घाटन शिव मन्दिरको पूर्ण स्थापना र मूर्तिको प्राण प्रतिस्थापनसँगै भव्य समारोहका साथ गरिनेछ ।

राजदूत सुवेदीले भवन अवलोकन गर्ने क्रममा एनआरएनए युकेका उपाध्यक्ष शेरबहादुर सुनार, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे र समितिका अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!