वरिष्ट संगीतकार तथा गायक दिनेश सुब्बाको प्रस्तुति भाब्यतकासाथ सम्पन्न

SHARE:

डा. मुलीबीर राई- बेलायत

अनगिन्ति संगीत सृजना र दर्जन जतिका सम्मान तथा पुरस्कार प्राप्त वरिष्ट संगीतकार तथा गायक दिनेश सुब्बाको विशेष प्रश्तुती हिजो वेलायतको टिडवर्थ स्थित हिमालयन ओयसिसको रेस्टुरेन्टमा भब्यताकासाथ सम्पन्न भयो ।

धरै देखे सपनीमा, थाहा नपाइ माया मेरो, हाम्रो सुन्दर संसार थियो, बादलुको घुम्टोले जस्ता उनको आफ्नै स्वर र संगीतका कालजयी गीतहरु एकपछि अर्को गर्दै पस्कने क्रममा उनले गीत संगीत सृजनाका पृष्टभुमी र आफ्ना अनुभबहरु पनि बडो मार्मिक ढंगले बाँडेका थिए भने पुर्वीय र पाश्चात्य संगीतको गहन अध्यनबाट खारिएका केही दार्शनिक कुराहरुले पनि दर्शकहरुको मन जितेको थियो ।

डियास्पोराका चर्चित गागिका सुनिता थेवे लिम्बूले गायकलाई धेरैवटा गीतहरूमा साथ दिएकी थिइन भने प्रसिद्ध गीतकार टिका चाम्लीङको शब्द र सुरेश अधिकारीको संगीतमा आफैले गाएकी मर्मस्पर्शी गीत हावाले पनि लखेटछ मलाई बोलको गीतबाट दर्शकहरुमाझ छाएकी थिइन ।

अर्की लोकपृय गायिका ताया हाङमा राईले पनि कार्यक्रम-नायक सुब्बालाई मेरो सपनाको सदनमा बोलको गीतमा साथ दिएकी थिइन ।

हिमालयन ओयसिसको आयोजनामा सम्पन्न सो कार्यक्रम डियास्पोराका अर्को गायक किसन राइले उदघोण गर्नुभएको थियो भने करिब सयको हाराहरी रहेको दर्शक दीर्घामा वेलायतमा रहेका अन्य लोगपृय गायक गायीकाहरु, लेखक साहित्यकार, कवि र समालोचकहरु रहेका थिए ।

यैाटा पृथक शैलीमा सम्मन्न सो सांगीतिक साँझको अर्को अन्तन्तै आकर्षण रहेको थियो वाद्यवादन जसमा तवला तथा मादलमा रेशम पाछे मगर, कहोन तथा म्मान्डोलिनमा मुकेश गजमेर र गीटारमा जुगलको साथ रहेको थियो ।

अपह्रान्न २ बजे सुरू भएर साँझ ५ बजे सम्पन्न सो कार्यक्रम अविस्मरणीय रहेको प्रतिकृया दर्शकहरूले दिएका थिए।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!