लन्डन । मनोक्रान्ति प्रणेता डा.योगी विकाशानन्दले यही ७ जुनमा जुममार्फत प्रवचन दिने भएका छन् ।
डा. योगीले बेलायतलगायत युरोपमा रहेका मनोक्रान्तिप्रेमीमा आइतबार जुन ७ तारिखमा यूके समय बिहान ७ बजेदेखि ९ बजेसम्म मनोक्रान्ति प्रवचन र ध्यान साधना गराउने आयोजक मनोक्रान्ति टीम यूकेले जनाएको छ ।
सहभागीलाई नि:शुल्क गरिएको र प्रत्येक महिनाको दुईपल्ट गराइने मनोक्रान्ति टीम लिडर नगेन्द्रराज नेम्बाङले बताए । उक्त प्रवचनमा इच्छुक महानुभावहरुको लागि zoom ID सार्वजानिक गरिएको छ । जुन यस प्रकार रहेको छ ।
Zoom ID 999 628 5923
Passcode 999






