लन्डन । बेलायतमा आउँदो २४ र २५ जुलाईमा ‘अनलिस योअर इनर सेल्फ’ कार्यक्रम हुने भएको छ ।
अल्डरसटस्थित वेस्ट इन्ड सेन्टरमा कार्यक्रम हुन लागेको संयोजक एवं प्रशिक्षक मान गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सफलता, खुसी, स्वास्थ्य र धनसम्बन्धी प्रशिक्षण दिइन्छ ।
यस्तै बिजनेस, करिअर, नेतृत्व, अनुशासनको विकासलगायतका विषयमा प्रशिक्षण गराइनेछ ।
कार्यक्रम बिहान ९:३० देखि ३ बजेसम्म हुने छ । तर सहभागीहरु बिहान ९ बजे नै उपस्थित भइसक्नुपर्ने छ ।
सहभागीका लागि शुल्क लाग्नेछ । फ्याम्ली प्याकमा १ जनाले टिकट खरिद गर्दा अर्को एक जनाले नि:शुल्क पाउनेछन् । जसका लागि नाता खुल्ने कागजात आवश्यक पर्नेछ ।






