नुवाकोट तादीमा सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण

SHARE:

नुवाकोट । नेपाल ग्रीन तारा फाउन्डेसनको आर्थिक सहयोग तथा तादी गाउँपालिकाको समन्वयमा निर्माण सम्पन्न भएको सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

२०८३ साल जेठ २७ गते तादी गाउँपालिका वडा नं. ६ मा वडा अध्यक्ष सिरिमान तामाङको सभाध्यक्षता उक्त कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती प्रदेशसभा सदस्य राधिका तामाङ रहेकी थिइन् । विशेष अतिथिका रूपमा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ तथा विशिष्ट अतिथिका रूपमा तादी गाउँपालिकाकी उपाध्यक्ष सञ्जु प्याकुरेलको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल ग्रीन तारा फाउन्डेसनका अध्यक्ष बन्दी निमा शेर्पा, संरक्षक तथा संस्थापक तासी तेन्जिङ शेर्पा, महासचिव रविन छर, चन्दी चौधरी लगायत फाउन्डेसनका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

राजनीतिक दलहरूको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा प्रदेशसभा सदस्य रोशन श्रेष्ठ, पूर्वगाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे, पूर्व गाउँपालिका उपाध्यक्ष ईश्वर उप्रेती, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा अगुवाहरूको समेत उपस्थिति रहेको थियो। साथै तादी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, जनप्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, शिक्षक–शिक्षिका, विद्यार्थी भाइबहिनीहरू तथा स्थानीय जनसमुदायको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

स्थानीय नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पूर्ण अतिथि, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिबीच सफलतापूर्वक सम्पन्न भएको उपाध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।

महत्वपूर्ण स्वास्थ्य पूर्वाधार निर्माणका लागि नेपाल ग्रीन तारा फाउन्डेसनप्रति आभार व्यक्त गर्दै कार्यक्रमको सफलताका लागि सहयोग, समन्वय तथा सहभागिता जनाउने सम्पूर्ण महानुभावहरूप्रति उपाध्यक्ष प्याकुरेलले धन्यवाद ज्ञापन गरिन् ।

स्वास्थ्य इकाइले तादी गाउँपालिका वडा नं. ६ लगायत आसपासका क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गरी समग्र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!